काठमाडौं, १४ जेठ । चार जना पूर्व प्रधानन्यायाधीशहरु मीन बहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्कीले प्रतिनिसिधभा विघटन असंवैधानिक भएको बताएका छन् । उनीहरुले आज एक विज्ञप्ती जारी गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
जारी विज्ञप्तीमा भनिएको छ, ‘संसद्लाई बारम्बार विघटन गरी, संसद्लाई अकारण दण्डीत गरी विधिको उपहास समेत गरिएको छ, देशले धान्न नसक्ने अस्थिरता र राजनीतिक द्वन्द्वको नयाँ श्रृङ्खला शुरु हुनबाट रोक्न, विद्यमान परिस्थिति सच्याउन र शान्ति, संयम र विवेक प्रदर्शित गर्न अनुरोध गर्दछौं।’ file photo/Source Jagannath Dulal
चार पूर्व प्रधानन्यायाधीशहरुद्धारा जारी विज्ञप्तीको पूर्णपाठ