Logo

चीनलाई कोरोना भाइरसको उत्पत्तिको अनुसन्धान गर्न चौतर्फी दबाब



एजेन्सी, १४ जेठ । कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न चीनलाई अत्यधिक दबाब बढेको छ । वैज्ञानिकहरुले समेत चीनसँग कोरोना महामारीको जरामा पुग्न यथेष्ट प्रमाण माग गरिरहेका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले कोभिड –१९ को उत्पत्तिको सम्बन्धमा गुप्तचर विभागसँग ९० दिन भित्र अनुसन्धानको रिपोर्ट माग गरेसँगै चीनको चिन्ता झन बढेको छ । डब्लु एच ओ ले पनि कोरोनाको उत्पक्ति बारे पुनः अनुसन्धान गर्ने बताएको छ ।

न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार फ्लिन्डर्स मेडिकल सेन्टर एडोक्राइनोलजीका निर्देशक प्रोफेसर निका ले विश्वका वैज्ञानिकहरुलाई चीनले धोका दिएको बताए । उनले कोरोना भाइरस चीनी प्रयोगशालाबाट उत्पन्न भएको हो भन्दै अब भने चीनको पसिना बाहिर आउने जिकीर गरे ।

न्युर्योक टाइम्सको अनुसार प्रोफेसरले चीनीया वैज्ञानिकहरुले कोरोना पैगोलिनबाट उत्पन्न भएको बताएपनि यस्तो हुने सम्भावना कम हुने उनको तर्क गरे । उनको अनुसार पैगोलिनबाट भाइरस आएको होइन् । पैगोलिन र कोभिड–१९ बीच केही प्रोटिनको समानता भएको बताउदै उनीहरु एकअर्कामा निकै नजिक भएको मान्न सकिने उनको धारणा थियो ।

कोरोना भाइरस चीनको बुहानमा पहिलो पटक पृष्टि भएको थियो । चीनबाट सुरु भएको कोरोना भाइरस हाल विश्वका ५३ देशमा फैलिएको छ । तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कोविड महामारीको लागि चीनलाई दोष लगाएका थिए । Dainikjagaran



प्रतिक्रिया दिनुहोस्