Logo

भेरी अस्पतालको घट्नामा संलग्नलाई कारबाही गर्न सिडिओलाई उपप्रधानमन्त्री पोखरेलको निर्देशन



काठमाडौं, १४ जेठ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले भेरी अस्पतालमा डाक्टर तथा नर्सहरुमाथि भएको कुटपिटको घट्नामा संलग्न दोषीहरुलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन् । बाँकेका सिडिओ शिवराम गेलाललाई आज फोन गरेर उपप्रधानमन्त्री पोखरेलले यस्तो निर्देशन दिएको पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

उनकाअनुसार उपप्रधानमन्त्री पोखरेलले भेरी अस्पतालको घट्नामा संलग्नलाई कारबाही गर्न निर्देशन दिएका छन् । उपप्रधानमन्त्री पोखरेलले उक्त घट्नाको अप्रिय भन्दै यसमा संलग्न दोषीहरुलाई तत्काल कारबाही अघि बढाउन निर्देशन दिएका थिए । पोखरेलले उक्त घट्ना अमानवीय र गम्भीर अपराध भएको पनि उल्लेख गरेका थिए ।

पाण्डेले भने-“उपप्रधानमन्त्रीज्यूले दोषीहरुलाई कारबाही गर्न सिडिओ साहेबलाई निर्देशन दिनुभएको छ । उहाँले स्वास्थ्यकर्मीहरुको सुरक्षामा विशेष ध्यान दिन पनि निर्देशन दिनुभएको छ।” संकटको यो घडीमा आफ्नो ज्यानको परवाह नगरी जनताको जीवनरक्षामा खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र उनीहरुको सुरक्षाको प्रत्याभूति गर्न पनि उपप्रधानमन्त्री पोखरेलले जोड दिएका थिए । पाण्डेकाअनुसार सिडिओले अहिलेसम्म घट्नामा संलग्न तीन जनालाई पक्राउ गरिएको र छानबिन समिति समेत गठन गरिएको कुरा उपप्रधानमन्त्री पोखरेललाई ब्रिफिङ गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्