एजेन्सी, १४ जेठ । योगगुरु रामदेवलाई भारतीय जनता पार्टीका विधायक सुरेन्द्र सिंहले भारतीय चिकित्सा प्रणालीको ध्वजावाहक भएको टिप्पणी गरेका छन् । बलिया जिल्लाका विधायक सुरेन्द्र सिंहले बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो बताएका हुन् ।
सिंहले फेसबुकमा रामदेवलाई सम्बोधन गर्दै लेखेका छन्, ‘पुज्य बाबा..रामदेवमाथि चिकित्सकद्वारा टिप्पणी गर्नु निन्दनिय हो ।’ उनले लेखेका छन्, ‘वर्तमान मेडिकल प्रणालीलाई महँगो बनाएर समाज लुट्ने नैतिकता सिकाउने, एलोपाथको क्षेत्रमा १०० रुपैयाँको गोलीलाई १०० रुपैयाँमा बेच्ने सेतो लुगा लगाउने अपराधी हुन् ।’
आफ्नो दोस्रो पोस्टमा उनले लेखेका छन्, ‘कि भारतीय चिकित्सा प्रणालीका झण्डा बोक्ने स्वामी रामदेवजीलाई म हार्दिक अभिवादन गर्छु । उनले आयुर्वेद मार्फत ‘स्वस्थ भारत, समर्थ भारत’ अभियान सुरु गरेका छन् ।’
कही दिन अगाडी रामदेवको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । जसमा उनले कोरोनाभाइरस संक्रमणको उपचारको लागि केहि औषधिहरूको प्रयोग गरेको बताएका थिए । कोविड–१९ को एलोपेथिक औषधी खाएर लाखौं मानिस मारिए । चिकित्सकहरुले विरोध गरेपछि रामदेवले आफ्नो टिप्पणी फिर्ता लिएका थिए ।