काठमाडौं, १४ जेठ । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १९ वर्षीय पुरुषलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुरुक्षेत्र गाउँपालिका–२ रुद्रबेणी बस्ने काका नाता पर्ने १९ वर्षीय पुरुष पक्राउ परेका हुन् ।
ती बालिकालाई घरमा खेलिरहेको अवस्थामा ललाई फकाई स्थानीय खरिया भन्ने स्थानको सार्वजनिक जंगलमा लगी मंगलबार जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रिडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।