काठमाडौं, १४ जेठ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले संस्थापक सञ्चालकमा जनक बहादुर बोहरालाई नियुक्त गरेको छ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको रिक्त रहेको सञ्चालक पदमा बाँकी अवधिका लागि बोहरालाई नियुक्त गरेको हो ।
कम्पनीको जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साधारण सभाबाट अनुमोदन हुनेगरी उनलाई सञ्चाकलमा नियुक्त गरेको जनाएको छ । संस्थाले बोहरालाई जेठ १२ गतेदेखि लागू हुने गरी सञ्चालक पदमा नियुक्त गरेको हो ।