Logo

२४ घन्टामा ९६ संक्रमितको मृत्यु



काठमाडौं, १४ जेठ। कोरोना संक्रमणबाट आज थप ९६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजसम्म ३० लाख १७ हजार ३ सय ७७ जनाको पिसीआर परिक्षण भएको छ भने १ लाख १३  हजार ३ सय ९४ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको संंख्या ८०८ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्