Logo

‘ताजा जनादेशमा जानु प्रतिगमन हैन’



काठमाडौं, जेठ १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जानु प्रतिगमन नभएको बताउँदै निर्वाचनमा जानुलाई ‘प्रतिगमन भन्नु’ जनताको सार्वभौम सत्ता अस्वीकार गर्नु रहेको टिप्पणी गरेका छन् ।

तोकिएकै समय निष्पक्ष निर्वाचन गराउने प्रतिबद्धतासमेत जनाउँदै उनले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्नेक्रममा ‘आवधिक निर्वाचनमार्फत जनताका तर्फबाट जनादेश आउनु लोकतान्त्रिक प्रक्रिया भएको’ बताएका छन् ।

कोभिड लहर निकै संक्रामक, बढी घातक रहेको र यसको रोकथाम तथा नियन्त्रणका लागि राज्यका सबै संयन्त्र परिचालित गरिएको पनि ओलीले जानकारी दिए । संक्रमण साङ्लो चुहाउन निषेध आदेश पालना गर्न र महामारी नियन्त्रणका लागि सरकारले चालेका कदममा साथ दिन उनको आग्रह छ ।

प्रधानमन्त्री ओलीले समस्या समाधानका लागि सम्पूर्ण शक्तिकेन्द्रित गरेको र त्यसले गर्दा स्थितिमा सुधार आएको विश्वास दिलाए । ‘भारतबाट लिक्विड अक्सिजन नियमित र थप मात्रा आपूर्ति हुन थालेको छ,’ उनले भने, ‘अन्य उद्योगमा रहेका हजारौं अक्सिजन सिलिन्डर संकलन गरी अस्पतालहरूमा पठाइएको छ ।’

अक्सिजन प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गरिएको बताउँदै उनले अक्सिजन उद्योगलाई विद्युत् महसुलमा छुट दिने व्यवस्था गरिएको उल्लेख गरे । नागरिक जीवनरक्षाका लागि विदेशबाट एयरलिफ्ट गरेरसमेत सिलिन्डर ल्याइएको उनको कथन छ ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्