काठमाडौं, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । उनले चुनावमा सहकार्य र गठबन्धनको लक्ष्यसहित यस्तो प्रस्ताव राखेको बुझिएको छ ।
पछिल्लो समय थापाले ओलीको कदमको समर्थन गर्दै आएका छन् । त्यसप्रति ओली थापाबाट खुशी भएको बुझिएको छ ।
सरकारमा सहभागी हुने प्रस्तावलाई थापाले सकारात्मक रुपमा लिएको बुझिएको छ । चुनावमा मिलेर जाने अवस्था रहेमा राप्रपा सरकारमा सहभागी हुने सम्भावना रहेको बुझिएको छ ।
पछिल्लो समय प्रधानमन्त्री ओलीले उठाएको हिन्दुत्वको विषयबाट थापा उत्साही भएको बुझिएको छ । थापाले राजसंस्थासहितको हिन्दु राष्ट्रको मुद्दा उठाउँदै आएका छन् ।