Logo

आज बजेटः प्रहरीको राशनभत्ता बृद्धि होला ?



काठमाडौं, १५ जेठ । आज दिउँसो ४ बजे सरकारले बजेट सार्वजनिक गर्दैछ । बजेट भाषणको दिन सबैभन्दा ठूलो चासो सरकारी कर्मचारीलाई हुने गरेको छ । बजेटबाट नै कर्मचारीका सेवा सुविधा बढ्ने गर्दछ ।

त्यसकारण आजको दिन राष्ट्रसेवकहरुका लागि बिशेष चासोको दिन हो । नेपालमा करिब ६ लाख राष्ट्रसेवक छन् । प्रधानमन्त्री ओलीले दुई महिनाअघि कर्मचारीको तलब बढाउने घोषणा गरेकाले यसपटक केही सुविधा थपिने उनीहरुको आशा छ ।

प्रहरी कर्मचारीलाई भने अर्काे आशा पनि छ, राशनभत्ता बृद्धिको । प्रहरीको राशनभत्ता ६ वर्षदेखि बृद्धि हुन सकेको छैन । पाँच महिनाअघि गृह मन्त्रालयले करिब ३५ प्रतिशत राशनभत्ता बृद्धि गर्न सिफारिस भएको थियो । जून हालसम्म कार्यान्वायन भएको छैन । बजेटमार्फत नै सम्बोधन हुने आश्वासन प्रहरीले पाएको थियो । त्यसकारण आजको बजेटमा प्रहरीको यसमा समेत ध्यान हुनेछ । कारोना महामारीमा जोखिम भत्ता समेत नलिई खटिएको प्रहरीको राशनभत्ता समेत बृद्धि नभएमा ठूलो अन्याय हुने एक उच्च प्रहरी अधिकारी बताउँछन् ।-दृष्टिबाट/File Photo



प्रतिक्रिया दिनुहोस्