Logo

बजेट भाषण : जेष्ठ नागरिकको भत्ता ४००० पुग्यो



काठमाडौं, १५ जेठ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा भाषणमार्फत् ज्येष्ठ नागरिकको भक्ता चार हजार पुर्याएका छन् । त्यस्तै, सबै नागरिकलाई कोभिड–१९ विरुद्ध चाँड निःशुल्क खोप उपलब्ध गराउने स्पष्ट गरेका छन् । अहिले सार्वजनिक भइरहेको उक्त बजेटमा खोपका लागि रु २६ अर्ब ७५ करोड रकम विनियोजन गरिएको छ । जनताको जीवन रक्षा गर्नु सरकारको मुख्य लक्ष्य भएको अर्थमन्त्री पौडेलले बजेटको प्राथमिकतामा उल्लेख गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्