Logo

३ वर्षभित्र रासायनिक मल कारखाना स्थापनाका लागि काम सुरु गरिने (Live-Video)



काठमाडौं, १५ जेठ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा भाषणमार्फत् आगामी तीन वर्षभित्र रासायनिक मल कारखाना स्थापनाका लागि काम सुरु गरिने स्पष्ट पारेका छन् । त्यस्तै, ज्येष्ठ नागरिकको भक्ता चार हजार पुर्याएका छन् ।

मन्त्री पौडेलले बै नागरिकलाई कोभिड–१९ विरुद्ध चाँड निःशुल्क खोप उपलब्ध गराउने स्पष्ट गरेका छन् । अहिले सार्वजनिक भइरहेको उक्त बजेटमा खोपका लागि रु २६ अर्ब ७५ करोड रकम विनियोजन गरिएको छ । जनताको जीवन रक्षा गर्नु सरकारको मुख्य लक्ष्य भएको अर्थमन्त्री पौडेलले बजेटको प्राथमिकतामा उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्