काठमाडौं, १५ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिईने घोषणा गरेका छन् । त्यसको ब्याजदर अधिकतम ५ प्रतिशत तोकिएको छ ।
र, ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि मात्र उपलब्ध गराइनेपनि उनले स्पष्ट पारेका छन् । आगामी आर्थिक वर्षको बजेटमा भाषणमार्फत् उनले यस्तो बताएका हुन् ।