काठमाडौं, १५ जेठ । सरकारले आगामी २ वर्षभित्र प्रादेशिक रंगशाला स्थापना गर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत यस्तो घोषणा गरेका हुन् ।
त्यस्तै, अवकाशप्राप्त खेलाडीलाई व्यवसाय सुरु गर्न सहुलियतपूर्ण ऋण दिइनेपनि बजेटमा उल्लेख गरिएको छ । झापाको दमकमा अन्तर्राष्ट्रियस्तरको मदन भण्डारी रंगशाला सम्पन्न गर्ने गरी निर्माण कार्य अगाडि बढाइने मन्त्री पौडेलले घोषणा गरे । Photo Source: Surya Thapa