काठमाडौं, १५ जेठ । सरकारले आगामी २ वर्षभित्र नागढुंगा-सिस्नेखोला सुरुङमार्ग २ वर्षभित्र संचालनमा ल्याइने घोषणा गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत यस्तो बताएका हुन् । यसको लागि ९ अर्ब ८५ करोड बजेट विनियोजन गरिएको छ ।
त्यस्तै, आउने वर्ष पनि काठमाडौं उपत्यकामा मेट्रो रेल संचालनको सम्भाव्यता अध्ययन गरिने पनि जनाईएको छ । रेलमार्गका लागि १० अर्ब ३ करोड बजेट विनियोजन गरिएको छ ।