Logo

कहाँ कहाँ छुट र राहत (सुचीसहित)



काठमाडौं, १५ जेठ । सरकारले बजेट भाषणमार्फत् विभिन्न क्षेत्रमा छुट र राहतको घोषणा गरेको छ । निषेधाज्ञालाई दृष्टिगत गरी सरकारले छुट र राहतको घोषणा गरेको हो ।

  • निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट
  • निषेधाज्ञा बिचमा २० देखि ५० प्रतिशत सम्म बिजुलीमा छुट
  • २० हजार लिटर पानी निःशुल्क
  • दुध तथा तरकारी ढुवानीमा २५ प्रतिशत भाडा अनुदान
  • १६ वर्ष भन्दा माथिका विद्यार्थीले एक थान सिम सित्तैमा पाउने
  • निषेधाज्ञा भरको सामाजिक सुरक्षा सम्बन्धी शुल्क सरकारले उपलब्ध गराउने
  • सार्बजनिक जग्गा भाडामा लिएर काम गर्नेलाई ५० प्रतिशत छुट
  • पाँच प्रतिशत व्याजदरमा सहुलियत पूर्ण कर्जालाई निरन्तरता
  • युवा उद्दमीलाई २५ लाखसम्म बीउ पूँजी १ प्रतिशत ब्जमा उपलब्ध गराउने
  • सम्पूर्ण बिदेशिलाइ एक महिनाको लागि नेपालको भिसा निःशुल्क दिइने
  • १६ वर्ष भन्दा माथिकालाइ सीम, डिमान्ड शुल्क छूट
  • विद्यार्थीलाई ल्यापटप किन्न १ प्रतिशत ब्याजमा दुई वर्ष अवधिको कर्जा


प्रतिक्रिया दिनुहोस्