Logo

आजदेखि आरएमडीसी लघुवित्तको संस्थापक शेयर लिलामीमा



काठमाडौं, १६ जेठ । आजदेखि आरएमडीसी लघुवित्तको संस्थापक शेयर लिलामीमा विक्रि खुल्ला भएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ४ लाख २७ हजार ५९५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।

आइतवारदेखि लिलामीमा ल्याएको शेयरमा जेठ ३१ गतेसम्म आवेदन दिन सकिने संस्थाले जनाएको छ । प्रतिकित्ता शेयरको मुल्य ४ सय ७७ रुपैयाँ निर्धारण गरिएको छ । संस्थाको अनुसार तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी शेयर खरिद गर्न बोलकबोल गर्नुपर्नेछ ।

शेयर खरिद गर्न न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि माग गर्न सकिने व्यवस्था संस्थाले गरेको छ । शेयर बाँडफाँटमा पर्ने लगानीकर्ताहरुले संस्थाले जेठ १६ गतेपछि घोषणा हुने लाभांश तथा बोनस शेयर समेत प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ । शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot