Logo

यी हुन् काठमाडौंमा एकहप्ता खुल्ने ८ विकास बैंकका शाखा कार्यालयहरु



काठमाडौं, १६ जेठ । काठमाडौं उपत्यकामा एक साता अवधिभर ८ विकास बैंकका शाखा कार्यालयहरु खुल्ने भएका छन् । डेभलपमेन्ट बैंकसं एशोसिएसन नेपालको अनुसार उपत्यकामा बैंकहरु बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला हुनेछन् ।

१.काठमाडौं उपत्यकामा आईतबारदेखि शुक्रबारसम्म खुल्ने गरिमा विकास बैंकका कार्यालयहरु
जेठ १६ गते आईतबारः लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक शाखा, सोमबार लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर, मंगलबार लाजिम्पाट, गोङ्गबु न्युरोड, कुमारीपाटी र सुर्यविनायक, बुधबार लाजिम्पाट, चावहिल, कुलेश्वर, इमाडोल र गठ्ठाघर, बिहीबार गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक शुक्रबार लाजिम्पाट, कलंकी, न्यूरोड, इमाडोल र गठ्ठाघरका शाखाहरु खुला हुनेछन् ।

२. आईतबारदेखि शुक्रबारसम्म खुल्ने ज्योति विकास बैंकका शाखा कार्यालयहरु
जेठ १६ गते आइतबार महाराजगंज, सुन्धारा र बोडे, सोमबार असन, फुटुङ्ग र झम्सिखेल, मंगलबार कमलपोखरी, कोटेश्वर र च्यामासिंह, बुधबारः सिनामगंल, गोङ्गबु र प्रयागपोखरी, विहिबार बालाजु, रातोपुल र चापागाँउ र शुक्रबार नेपालटार, सरस्वतीनगर र सातदोबाटोका शाखा कार्यालयहरु खुला रहनेछन् ।

३. आईतबारदेखि शुक्रबारसम्म खुल्ने कामना सेवा विकास बैंकका शाखा कार्यालयहरु
जेठ १६ गते आइतबार चावहिल, भिम्सेनगोला र मनमैजु, सोमबार सानागाँउ, गोङ्गबु, नयाँबानेश्वर र लोकन्थली, मंगलबार ग्वार्को, ज्ञानेश्वर, कलंकी र राधेराधे, बुधबार कुमारीपाटी, भङगाल, बौद्ध र न्यूरोड, विहिबार कुमारीपाटी, चावहिल, ठमेल र राधेराधे र शुक्रबार ग्वार्को, कुलेश्वर, बालाजु र लेकन्थलीका शाखा कार्यालयहरु खुला हुनेछन् ।

४.आईतबारदेखि शुक्रबारसम्म खुल्न लुम्बिनी विकास बैंकका शाखा कार्यालयहरु
जेठ १६ गते आइतबार त्रिपुरेश्वर, डिल्लीबजार र कुमारीपाटी, सोमबार गोङ्गबु, कान्तिपथ र बोड,मंगलबार नरेफाँट, बसुन्धारा र मंगलबजार, बुधबार नारायणटार, कात्यायनी र कौशलटार,विहिबार न्यूरोड, टोखा र महालक्ष्मीस्थान र शुक्रबार कपन, कुलेश्वर र लेलेका शाखा कार्यालयहरु खुल्नेछन् ।

५.आईतबारदेखि शुक्रबारसम्म खुल्न महालक्ष्मी विकास बैंकका शाखा कार्यालयहरु
जेठ १६ गते आइतबार दरबारमार्ग, गोङ्गबु र सातदोबाटो, सोमबार बानेश्वर, महाराजगञ्ज र झम्सिखेल, मंगलबार दरबारमार्ग, थापाथली, कुमारीपाटी र भक्तपुर, बुधबार तिनचुली, कालीमाटी र सातदोबाटो, विहिबार दरबारमार्ग, सतुंगल र झम्सिखेल र शुक्रबार नयाँबजार, नक्साल भाटभनेटी, कुमारीपाटी र भक्तपुरका कार्यालय खुल्ने छन् ।
६. आईतबारदेखि शुक्रबारसम्म खुल्ने मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयहरु
जेठ १६ गते आइतबार जमल, माछापोखरी,कुमारीपाटी र थिमी, सोमबार नयाँबानेश्वर, महाराजगञ्ज, कुपण्डोल र कमलविनायक, मंगलबार न्यूरोड, चावहील, इमाडोल र सुर्यविनायक, बुधबार कमलादी, सितापाइला, कुमारीपाटी र थिमी, विहिबार ठमेल, वसुन्धरा, भैसेपाटी र सुर्यविनायक र शुक्रबार कुलेश्वर, कोटेश्वर, बाँडेगाँउ र कमलविनायकको शाखा खुल्नेछन् ।

७. आईतबारदेखि शुक्रबारसम्म खुल्ने साग्रिला डेभलपमेण्ट बैंकका शाखा कार्यालयहरु
जेठ १६ गते आइतबार न्युरोड, सानेपा, थिमी र नयाँबानेश्वर, सोमबार इमाडोल, पेप्सीकोला, कमलविनायक र असन, मंगलबार अनामनगर, बनस्थली, नखिपोट र थिमी, बुधबार नारायनटार, कपन, सानेपा र कमलविनायक, विहिबार बालुवाटार, थिमी र चावहिल र शुक्रबार इमाडोल, टोखा, कालीमाटी र कमलविनायकको शाखा खुल्नेछ ।

८.आईतबारदेखि शुक्रबारसम्म खुल्ने साईन रेसुगा डेभलपमेण्ट बैंकका शाखा कार्यालयहरु
जेठ १६ गते आइतबार गोङ्गबु र नयाँबानेश्वर, सोमबार कलंकी र न्युरोड, मंगलबार नयाँबानेश्वर र महाराजगञ्ज, बुधबार कलंकी र गोङ्गबु, विहिबार नयाँबानेश्वर र न्यूरोड

 



प्रतिक्रिया दिनुहोस्