काठमाडौं, १६ जेठ । विपक्षी गठबन्धनले सरकारको संरक्षणमा भ्रष्टाचार र कमिशनखोरी बढेको दाबी गरेको छ । आज बसेको विपक्षी गठबन्धनका शीर्ष नेताहरुको बैठकपछि संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् ।
उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधानको उल्लंघन भएको पनि आरोप लगाएका छन् । विपक्षी गठबन्धनले देशमा दीर्घकालिन असर पार्ने निर्णय नगर्न सरकारलाई चेतावनी समेत दिएको छ । त्यस्तै, सरकारका संविधान विपरितका र अलोकतान्त्रिक कामकारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायहरुलाई पनि आग्रह गरेका छन् ।
हेरौं विज्ञप्तीको पूर्णपाठ