
काठमाडौं, १६ जेठ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे बस्ने जनाईएको छ । आजको बैठकमा यसअघि स्पष्टीकरण सोधिएका नेताहरुलाई कारबाही गर्ने तयारी गरिएको छ ।
माधव नेपालसहित ११ सांसदलाई यसअघि नै पार्टीबाट निश्काषन गरिएको छ । अब १२ सांसदलाई पनि निश्काषन गर्न लागिएको एक नेताले जनाए । नेपाल पक्षधर नेताहरुले भने अब ओलीले गर्ने कारबाहीको कुनै अर्थ नहुने सार्वजनिक प्रतिक्रिया दिएका छन् । File Photo/ReportersNepal