Logo

विवेकशीलका नेता उज्जल थापाको अवस्था जटिल



काठमाडौं, १६ जेठ । कोरोना संक्रमण भएर उपचार गराइरहेका विवेकशील साझा पार्टीका नेता उज्वल थापाको स्वास्थ्य अवस्था जटिल भएको छ ।
थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट आज एक विज्ञप्ती जारी गर्दै उनकोे जटिल अवस्था रहेको जानकारी दिएको हो ।

थापालाई २ हप्ता अघि कोरोना संक्रमण भएपछि ह्याम्स अस्पताल, ग्रान्डी अस्पताल लगायतका अस्पतालबाट नेपाल मेडिसिटी अस्पतालमा रेफर गरिएको थियो । हाल उनको नेपाल मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ ।

परिवारको अनुसार थापाको उपचारको क्रममा चिकित्सकहरुले सम्पुर्ण विधिहरूको प्रयोग गरिसक्दा पनि स्वास्थ्य अवस्थामा सुधार नभएको हो ।

परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट जारी गरेको विज्ञप्तीमा लेखिएको छ, ‘अहिले अस्पतालमा भ्ऋःइ प्रविधिबाट विशेषज्ञहरुबाट, अस्पतालभन्दा बाहिरका विशेषज्ञहरूको राय सल्लाहलाई समेत मध्यनजर गर्दै, उहाँको उपचार भैरहेको भए तापनि उज्वलको अवस्था जटिल हुँदै गएको छ । उहाँको उपचारको क्रममा उपलब्ध सबै विधिहरूको प्रयोग गरेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी गराउनु भएको छ ।’

 



प्रतिक्रिया दिनुहोस्