Logo

उपप्रधानमन्त्री पोखरेलबाट थापाको स्वास्थ्य स्थितिबारे जानकारी



काठमाडौं, १६ जेठ: उपप्रधानमन्त्री ईश्वर पोखरेलले मेडिसिटी अस्पतालका चिकित्सकसँग आज टेलिफोन गरी विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उपप्रधानमन्त्री पोखरेलले थापाकी आमा शान्ता थापालाई पनि टेलिफोन गरी सरकारका तर्फबाट सहयोग गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरेका थिए ।

“सरकारका तर्फबाट केही विशेष गर्न सकिन्छ भने मलाई सिधै फोन गर्नुस्, उपचारमा आवश्यक सम्पूर्ण सहयोग गर्न तयार छौ”– उपप्रधानमन्त्री पोखरेलले भनेका थिए । कोरोना सड्क्रमति थापाको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्