Logo

सेरमले जुन महिनामा १० करोड खोप आपूर्ति गर्ने



एजेन्सी, १६ जेठ । खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले जुन महिनामा १० करोड कोरोना भाइरसविरुद्धको खोप भारत सरकारलाई उपलब्ध गराउने भएको छ । सेरमले अक्सफोर्डको भ्याक्सिन कोभिसिल्ड उत्पादन गरिरहेको र अबको केही दिनभित्रै उपलब्ध गराउने जानकारी गराएको हो ।

सेरमले सरकारलाई १० करोड खोप जुनभित्रै उपलब्ध गराउने विषय टाइम्स अफ इन्डियामा खबर छ । भारतको विभिन्न प्रान्तहरुले खोपको अभाव भएको भन्दै विषय उठान गरिरहँदा सेरमले १० करोड खोप जुन महिनामै उपलब्ध गराउने जानकारी गराएको हो ।

भारतमा कोरोना भाइरसको महामारी बढिरहँदा खोपको अत्याधिक माग बढेको छ । छिमेकी देशहरुले पनि कोरोना भाइरसविरुद्धको खोप माग गरिरहेका छन् । तर, भारतले देशभित्रै महामारी बढेपछि निर्यात रोकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot