Logo

कोभिड नियन्त्रण सहयोग अभियानमा पौडेल दाजुभाईले गरे आर्थिक सहयोग



काठमाडौं, १६ जेठ । ओखलढुंगा लिखु गाउँपालिका-८ टारकेराबारीका युवा व्यवसायी तथा समाजसेवी दाजुभाईले टारकेराबारी सेवा समाजले सञ्चालन गरेको कोभिड नियन्त्रण सहयोग अभियानलाई आर्थिक सहयोग गरेका छन् । यसरी सहयोग गर्नेमा अनलाइन सेक्युरिटिजका संचालक अनन्त पौडेल र उनका भाई गोविन्द पौडेल हुन् । गोविन्द नेपाल तरुण दल जिल्ला कार्यसमिति सदस्य हुन् । दाइ अनन्तले २५ हजार ५५ रुपैयाँ र उनका भाइ गोबिन्दले ८ हजार १ सय सहयोग प्रदान गरेका हुन् ।

ओखलढुंगा जिल्लास्थित लिखु गाउँपालिकाका बिभिन्न स्थानमा कोभिड फैलिएसंगै नियन्त्रणका लागि पालिकाका अन्य स्थानमा सरोकारवालाहरुले सहयोग अभियान शुरु गर्दै गर्दा टारकेराबारी सेवा समाजले पनि आफ्नो स्थानमा कोभिड नियन्त्रणका लागि आर्थिक तथा अन्य आवश्यक सहयोग संकलन अभियान शुरु गरेको हो।

पौडेल दाजुभाइले यसअघि पनि सहयोगी हातहरु अघि बढाएका छन् । उक्त अभियानले बिभिन्न क्षेत्रमा सम्पर्क समन्वय गरि आफ्नो वडाभित्र कोरोना संक्रमण देखिएका बिरामीलाई ब्यबस्थापन गर्ने र समस्या फैलन नदिनेगरि काम गर्ने सेवा समाजका सदस्य गोविन्द पौडेलले जनाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्