Logo

नेपालमा संक्रमण दर ३४ प्रतिशत



काठमाडौं, जेठ १७ । गत चौबिस घण्टामा नेपालमा कोरोना संक्रमण दर ३४।२ प्रतिशत रहेको छ। यो संख्या शनिबारको दाँजोमा ४ प्रतिशत बढी हो। गत चौविस घण्टामा परीक्षण भएका १२ हजार ७ सय ७० वटा नमूनामध्येमा ४ हजार ३ सय ६९ जनामा कोरोना पुष्टि भएको हो।

संक्रमणको दर बढि रहेको आकलन भइरहेका बेला सरकारले पछिल्ला दिनमा परीक्षण भने दिनदिनै घटाउँदै लगेको छ। संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या ५ लाख ५७ हजार १ सय २४ जना पुगेका छन्। तीमध्येमा ३ लाख ५१ हजार १ सय १ जना दोस्रो लहरयता मात्र संक्रमित भएका हुन्।

गत चौबिस घण्टामा नेपालमा कोरोनाबाट थप १ सय ९ जनाको मृत्यु भएको छ। थप मृतकसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको सख्या ७ हजार २ सय ७२ जना पुगेका छन्। तीमध्येमा दोस्रो लहरदेखियता दुई महिनाको अवधिमा ४ हजार २ सय ४० मृत्यु भएको छ। नेपालमा हालको मृत्युदर १।३१ प्रतिशत छ।

हालसम्म मृत्यु भएका मध्येमा सवै भन्दा बढी ६० वर्षमाथिका ३ हजार ९ सय ८ जना, ५० देखि ५० बर्ष उमेर समूहका १३ सय १६ जना, ४० देखि ४९ वर्षभित्रका १ हजार ६३ जनाको मृत्यु भएको छ। नेपालमा हाल देशभरिमा १ लाख ८ हजार ८ सय ९७ जना सक्रिय संक्रमित छन्।

तीमध्येमा १ लाख १ हजार ३ सय ३४ जनाको होम आइसोलेसन र ७ हजार ५ सय ६३ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। तीमध्ये १५ सय ४५ जनाको आइसियुमा र ४ सय ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्