Logo

राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्दै



काठमाडौं, १७ जेठ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जेठ २५ गतेदेखि  २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ ।

बैंकले ६ वर्षे अवधिको ‘८.५० प्रतिशत आरबिबिएल डिबेञ्चर,२०८३’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । प्रतिकित्ता १ हजार रुपैयाँ अंकितदरका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको बैंकले जनाएको छ ।

जेठ २८ गतेसम्म आवेदन माग गरिएको उक्त ऋणपत्रमा कुल कित्तामध्ये १० लाख कित्ता सर्वसाधारणलाई र १५ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट बिक्रि गर्ने भएको छ । ऋणपत्र खरिद गर्न न्युनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । सो ऋणपत्र निष्कासन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्