काठमाडौं, १७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले राष्ट्रिय सभाको लुम्बिनी प्रदेशको उपनिर्वाचनमा मतदान नगर्ने घोषणा गरेका छन् । उनले मतदान नभई कोरोना भाइरसविरुद्धको लडाईं प्राथमिक भएको उल्लेख गर्दै मतदान नगर्ने घोषणा गरेका हुन् ।
राणाले सामाजिक सञ्जालमा काँग्रेस, एमाले र माओवादीको अहिलेको जुधाई महामारीको बखत भइरहेको भन्दै मतदान नगर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्ः आज हुने लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन।मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासंग जुध्ने रहेकोले काग्रेस,एमाले र माओवादीको यो अबस्थामा भईरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु,धन्यवाद!!