झापा, १७ जेठ । अप्राकृतिक मैथुन गरेको अभियोगमा युवक पक्राउ परेका छन् । नौ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा झापा गाउँपालिका–१ लसुनगंज बस्ने २० वर्षीय पंकज यादवलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
यादवले ती बालकलाई अप्राकृतिक मैथुन गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।