Logo

चीनमा तीन सन्तानसम्म पाउने अनुमती



एजेन्सी, १७ जेठ । चीनमा हरेक दम्पत्तिलाई तीन सन्तान पाउन अनुमती दिइएको छ । नयाँ परिवार नियोजनसम्बन्धी नीति अनुसार यस्तो अनुमति दिइएको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक ब्युरोको सोमबार बसेको बैठकले नयाँ नीति पारित गरेको हो । चीनमा वृद्धवृद्धाको जनसंख्या बढी भई युवा उमेरको संख्याको घट्दो दरलाई दृष्टिगत गरी नयाँ नीति सार्वजनिक गरिएको सिन्ह्वाले जनाएको छ ।

चीनमा सन् १९७९ देखि २०१६ सम्म हरेक दम्पत्तिलाई एक मात्र सन्तान जन्माउन अनुमती थियो । २०१६ पछि त्यो नीति परिवर्तन गरी दुई सन्तानको अनुमती दिइएको थियो । बढी सन्तान जन्माउने दम्पत्तिमाथि कारबाही हुन्थ्यो ।

चीन विश्वकै सबैभन्दा बढी जनसंख्या भएको मुलुक हो । तर, पछिल्लो समय चीनको जनसंख्या वृद्धिदर घटेको छ ।

गत महिना सार्वजनिक जनसंख्यामा गत वर्ष १ करोड २० लाख बालबालिका जन्मिएका थिए । यो सन् २०१६ मा जन्मिएका १ करोड ८० लाखको तुलनामा ६० लाखले कम हो ।-तस्बिर स्रोतः सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्

Screenshot