Logo

माधव नेपाल समूहबाट भोट क्रस, लुम्बिनीमा ओलीलाई धक्का पर्नसक्ने



काठमाडौं, १७ जेठ । लुम्बिनी प्रदेशबाट चयन हुने राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेकपा एमाले र विपक्षी गठबन्धनका साझा उम्मेदवारबीच तिव्र प्रतिष्पर्धा देखिन्छ । जीत हार थोरै मतान्तरले मात्र हुने ठानिएको छ ।

एमालेबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनबाट दृगनारायण पाण्डे उम्मेदवार छन् । अहिले खड्का र पाण्डेभन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओली या ओलीविरोधी गठबन्धन कस्ले जित्ने भन्ने चासो देखिएको छ ।

शक्ति र चार्तुयताको राजनीतिमा विपक्षीलाई आच्छु आच्छु पारिरहेका ओलीलाई ब्यालेटको राजनीतिमा विपक्षीले बागमती प्रदेशमा धक्का दिइसकेका छन् । बादललाई खिमलाल देवकोटाले हराउँदा विपक्षी गठबन्धनले ब्यालेटको राजनीतिमा ओलीको केही नलाग्ने सन्देश प्रवाह गरिसकेका छन् ।

यसपटक लुम्बिनी प्रदेशमा ओली भर्सेस बाँकी नेताहरु जस्तै भएको छ । एमाले उम्मेदवार खड्कालाई जसपाको महन्थ ठाकुर पक्षको साथ छ । विपक्षी गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा समेत छन् । एमालेको माधव नेपाल समूहको मत क्रस भएमा भने विपक्षी गठबन्धनको जीत सुनिश्चित छ । विपक्षी गठबन्धनमा नेपाल समूह पनि रहेकाले भोट क्रस भएको बुझिएको छ । यसअखि नेपालकै चाहना अनुसार खिमलाल देवकोटा उम्मेदवार बनेर जीत हासिल गरेका थिए । यसपटक काँग्रेसलाई नेपाल समूहले गुन तिर्ने गरी मतदान भएकोले ओलीलाई धक्का पर्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्