Logo

बजेट निजी क्षेत्रमैत्री देखिए पनि कार्यान्वयनको पाटो अत्यन्त चुनौतिपुर्ण भएको चेम्बरको निष्कर्ष



काठमााडौं, १७ जेठ । नेपाल चेम्वर अफ कमर्सले  बजेट निजी क्षेत्र मैत्रीे देखिएता पनि अहिलेको बिषम परिस्थितिमा कार्यान्वयनको पाटो अत्यन्त चुनौतिपूर्ण रहेको बताएको छ ।

अर्थमन्त्री बिष्णु प्रसाद पौडेलबाट प्रस्तुत आ.ब. २०७८/७९ को अनुमानित आय-व्ययको सार्वजनिक जानकारी वक्तव्य सम्वन्धमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

बजेटमा प्रस्ताबित अधिकांश प्रावधानहरु निजी क्षेत्र मैत्री देखिएता पनि यो चुनावी सरकार हो । बिगतमा जस्तै स्थीर सरकार र कोरोना महामारी नभएको भए धेरै आशाप्रद हुने अवस्था रहने थियो तर चुनावी सरकार भएका कारण कसरी कार्यान्वयन हुन्छ त्यो हेर्न जरुरी रहेको चेम्बरको भनाई छ ।

 



प्रतिक्रिया दिनुहोस्