Logo

मुक्तिनाथ बैंकले ल्यायो गुगलप्लस कोड



काठमाडौं, १७ जेठ । मुक्तिनाथ विकास बैंकले आज गुगलप्लस कोड सार्वजनिक गरेको छ । बैंकले आफ्ना सबै कार्यालयको स्थान पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले उक्त कोड सार्वजनिक गरेको जनाएको छ ।

बैंकको अनुसार यो कोड गुगल नक्सामा टाइप गरे सो कार्यालय रहेको स्थान सजिलै पहिचान गर्न सकिन्छ । मुक्तिनाथ बैंक यस्तो कोड अद्यावधिक गर्ने नेपालको पहिलो बैंक हो । गुगलप्लस कोडले गुगल नक्सामा आधारित जीपीएस प्रणालीले स्थान जनाउने बैंकले जनाएको छ ।

यस कोड सम्बन्धित कार्यालयमा फोन गरेर वा बैंकको वेबसाइटमा शाखाको विवरण रहेको स्थानमा हरेक शाखाका कोड उपलब्ध गराइएको बैंकले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्