Logo

उज्ज्वल थापाको कोरोना नेगेटिभ, जटिल स्थितिमा उपचार जारी



काठमाडौं, १७ जेठ । कोरोना भाइरसको संक्रमणबाट विवेकशीलका पूर्वअध्यक्ष उज्ज्वल थापा मुक्त भएका छन् । तर, उनको अवस्था अझै जटिल रहेको विवेकशीलका संयोजक मिलन पाण्डेले जानकारी दिएका छन् ।

पाण्डेका अनुसार कोरोना रिपोर्ट नेगेटिभ आएपनि भाइरसले शरीरमा दीर्घकालिन क्षति गरिसकेको छ । अहिले उनको भेन्टिलेटर र इक्मो विधिबाट उपचार जारी रहेको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्