काठमाडौं, १७ जेठ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराउनुपर्ने बताएका छन् । खोप उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व भएको पनि उनको भनाई छ ।
उनले नेपालजस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट लिएर सबैलाई खोप पुर्याईसक्दा नेपाल सरकार भने कुहिराको कागजस्तो भएको पनि टिप्पणी गरेका छन् ।
उनले सरकार खुराफातमा मस्त भएको तर सेरेमोनियल राष्टपतिलाई चाहीँ भीख माग्न लगाएको भन्दै सरकारको आलोचना गरेका हुन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्-“कोरोनाविरूद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व हो।हामीजस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रूस र चीन दुवैबाट लिएर सबैलाई पुर्याइसक्दा हामी किन कुइराको काग जस्तो?सरकार खुराफातमा मस्त हुने सेरेमोनियल राष्ट्रपतिलाई चाहिं भीख माग्न लगाउने?खै लाजशरम? “