Logo

महन्थ ठाकुरद्वारा ‘पार्टी फुटाउन सजिलो बनाउने’ अध्यादेश ल्याउन आग्रह



काठमाडौं, १८ जेठ । प्रतिनिधि सभा पुनःस्थापना भए के होला ? त्यतिबेला आफ्नो समूहलाई पनि समस्या पर्न सक्ने डर जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पनि छ । कार्यकारिणी समितिमा अल्पमतमा रहेको र संसदीय दलमा पनि स्थिति फरक हुनसक्ने भएकाले ठाकुर शतर्क भएका हुन् ।

भविष्यको जोखिमलाई दृष्टिगत गरी ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दल फुटाउन सजिलो हुने अध्यादेश ल्याउन आग्रह गरेका छन् । हिजो ओलीसँग बालुवाटारमा भएको भेटवार्तामा ठाकुरले यो विषय पनि उठाएको बुझिएको छ ।

ठाकुर राष्ट्रिय जनता पार्टीलाई ब्युँताउन खोजिरहेका छन् । जसपाभित्रको पछिल्लो विवाद विभाजनको संघारसम्म पुगेपछि ठाकुरले त्यस्तो चाहनासहित अगाडि बढ्न खोजेका हुन् ।

जसपा नेता डा.बाबुराम भट्टराईले ट्वीट गर्दै आ आफ्नो बाटो लागौं भनिसकेका छन् । यसले पनि जसपा विभाजनको नजिक पुगिसकेको बुझिएको छ । अध्यादेश ल्याएर विभाजन सजिलो बनाउनेतर्फ ठाकुर लागेको देखिदैछ ।

सत्ता संघर्ष चुलिदा जसपा विभाजनको नजिक पुगेको हो । ठाकुर प्रधानमन्त्री ओलीलाई साथ दिदै आएका छन् । उनको समूह सरकारमा जान ठिक्क परेको छ । अध्यक्ष उपेन्द्र यादव समूह भने ओलीको विरोधमा छन् ।

 



प्रतिक्रिया दिनुहोस्