Logo

उपत्यकाका तीन सिडिओको बैठक बस्दै, खुल्ला त निषेधाज्ञा?



काठमाडौं, जेठ १८ । जारी निषेधाज्ञाको मोडालिटि परिवर्तन गर्नेबारे आज महत्वपूर्ण निर्णय हुन सक्ने अनुमान गरिएको छ ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु (सिडिओ)को आज दिउँसो तिन बजे बस्ने तय भएको बैठकले निषेधाज्ञा कामय राख्ने वा खोल्ने भन्नेबारे निणर्य गर्न सक्ने अनुमान गरिएको हो।

काठमाडौंका सिडिओ कालिप्रसाद पराजुली, भक्तपुरका सिडिओ प्रेम प्रसाद भट्टराई र ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौला सहभागी बैठकले खाद्य पसल खुला गर्न सक्नेसमेत जनाईएको छ ।

हाल उपत्यकामा जेठ १४ बाट किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्ने निषेध गरिएको छ।



प्रतिक्रिया दिनुहोस्