काठमाडौं, १८ जेठ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७६/७७ को लागि १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत कर प्रयोजनको लागि लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको अनुसार १ अर्ब ९ करोड ६३ लाख ७६ हजार रुपैयाँ हाल भएको चुक्तापुँजीको आधारमा सो लाभांश प्रस्ताव गरेको हो ।
सोमबार संचालक समिातिले गरेको सो लाभांश प्रस्तावलाई बीमा समितिको स्विकृति पछि र साधारण सभाले पारित गरेपछि मात्र वितरण गर्ने कम्पनीले जनाएको छ ।