Logo

प्राइम बैंकको सञ्चालकमा श्रेष्ठ



काठमाडौं, १७ जेठ । प्राइम कमर्सियल बैंकले सञ्चालकमा राजेन्द्रदास श्रेष्ठलाई नियुक्त गरेको छ । श्रेष्ठलाई बैंकको सञ्चालक समितिको बैठकले दुई वर्षका लागि नियुक्त गरेको हो ।

बैठकले सदस्य कायम रहेसम्म श्रेष्ठले सञ्चालक समितिको अध्यक्षता गर्ने जिम्मेवारी पनि दिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्