Logo

राष्ट्रपतिको अधिकारलाई संविधानले नै सीमाबद्ध गरिदिएको छः योगेश भट्टराई



काठमााडौं, १८ जेठ । नेकपा (एमाले)का नेता योगेश कुमार भट्टराईले राजनितिक विषयमा राष्ट्रपतिको अधिकार र सक्रियतालाई संविधानले नै सीमाबद्ध गरेको धारणा राखेका छन् । आज (मंगलबार) सामाजिक सञ्जालमार्फत नेता भट्टराईले यस्तो धारणा राखेका हुन् ।

सामाजिक सद्धभाव, राष्ट्रिय एकता र जनचासोका विषयमा राष्ट्रपतिको अग्रसरताले सार्थक परिणाम आउछ भने त्यसलाई अन्यथा मान्न नहुने उनको भनाई छ ।
भट्टराईले खोपको लागि राष्ट्रपतिको सक्रियतालाई यसरी नै बुझ्नुपर्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘राजनीतिक बिषयमा राष्ट्रपतीको अधिकार र सक्रियतालाई संबिधानले नै सीमाबद्ध गरिदिएको छ । सामाजिक सद्भभाव, राष्ट्रिय एकता र जनचासोका बिषयमा राष्ट्रपतीको अग्रसरताले सार्थक परिणाम आउंछ भने त्यसलाई अन्यथा मान्नु हुन्न । खोपका लागि राष्ट्रपतीको सक्रियतालाई यसरी नै बुझ्ने की ?’



प्रतिक्रिया दिनुहोस्