दमौली, १८ जेठ: तनहुँको आँबुखैरेनीबाट पोखरासम्मको सडकखण्ड विस्तारका लागि रु सात अर्ब २७ करोड विनियोजन भएको छ । यो सडकका लागि बोलपत्र आह्वान भएर ठेकेदार छनोट पनि भइसकेको छ । बजेट सुनिश्चित भएपछि सडक विस्तारकार्य निर्माण हुने भएको छ । असी किलोमिटर लामो आँबुखैरेनी–पोखरा सडकखण्डलाई ४०–४० किलोमिटरको दुई प्याकेज बनाइएको छ । पहिलो चरणमा आँबुखैरेनी–पोखरा र दोस्रो चरणमा मुग्लिन–आँबुखैरेनी विस्तार गरिनेछ ।
पोखरा–मुग्लिन सडकखण्डको भौगोलिक बनावट र जनघनत्वलाई आधार मानेर सडक चौडा निर्धारण गरिनेछ । घनाबस्ती भएको स्थानमा सडकको चौडाइ ४१ मिटरसम्मको हुनेछ । विस्तारित सडक दुवैतर्फ सात÷सात मिटरको हुनेछ ।-रासस/File photo