काठमाडौं, १९ जेठ । निर्धन उत्थान लघुवित्तले जेठ १३ गतेदेखि लिलामीमा ल्याएको १ लाख ५ हजार ५९२ कित्ता संस्थापक शेयरमा आवेदन दिने भोली अन्तिम दिन हो ।
आवेदकले भोली (जेठ २०) गतेसम्ममा शेयरको न्युनतम मूल्य प्रतिकित्ता ५५० रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नसक्ने कम्पनीले जनाएको छ ।
आवेदकले बोलपत्र पेश गर्दा न्युनतम २ हजार देखि अधिकतम सम्पुर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । शेयरको विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।