Logo

सानिमा बैंकको मोबाईल बैकिङ्ग एपमा रेमिट्यान्स सेवा



काठमाडौं, १९ जेठ । सानिमा बैक लिमिटेडले मोबाईल बैकिङ एप संचालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै सानिमा सजिलो ई –बैकिङ्गबाट रेमिट्यान्स सेवा सुरु गरेको जनाएको छ ।

जसमा सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैकिङ एपमा थप गरिएको छ । बैंकको अनुसार यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुले आन्तरिक रेमिट्यान्स सोझै मोबाईल बैकिङ्ग एपबाट पठाउन सक्नेछन् ।

रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ्ग एपमा रहेको “सेन्ड रेमिट्यान्स” मार्फत् सोझै नगद वा बैकको खातामा जम्मा गर्न मिल्ने दुबै सुबिधा मध्ये एक रोज्न सक्ने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्