काठमाडौं, जेठ १९ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
कम्पनीले हाल कायम भएको चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार पाँच सय ७२ कित्ता हकप्रद शेयर आफ्नो शेयरधनीमा जारी गर्न लागेको हो ।
हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौतामा कम्पनीका सचिव सुरज राजबाहक तथा निष्काशन तथा एनआईबिएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।