काठमाडौं, १९ जेठ । प्राइम कमर्सियल बैंकले सञ्चालकमा राजेन्द्रदास श्रेष्ठलाई नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिको बैठकबाट श्रेष्ठ दुई वर्षका लागि सञ्चालकमा नियुक्त भएका हुन् ।
बैठकले सदस्य कायम रहेसम्म श्रेष्ठले सञ्चालक समितिको अध्यक्षता गर्ने जिम्मेवारी पनि दिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।