Logo

भारतमा भेटिएका कोरोना भाइरसको नाम ‘कप्पा’ र ‘डेल्टा’



एजेन्सी, १९ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सबैभन्दा पहिला भारतमा भेटिएको कोरोना भाइरसको नाम बी.1.617.1 र बी .1.617.2 क्रमश ‘कप्पा’ र ‘डेल्टा’ दिएको छ । सोमबार डब्लुएचओले कोरोना भाइरसको नाम घोषणा गरेको हो ।

डब्लुएचओका प्रविधिक विषयका प्रमुख डा.मारिया भान केरखोभले सोमबार ट्विट गर्दै डब्लुएचओले सजिलै पहिचान गर्न कोरोना भाइरसको नाम परिर्वतन गरेको जनाएका छन् । उनको अनुसार भाइरसको नामले सजिलै पहिचान गर्न सकिन्छ ।

डब्लुएचओले एक विज्ञप्ती पनि जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘विशेषज्ञ समूहले सामान्य कुराकानीको क्रममा भाइरसको रूपहरु बुझ्न सजिलो बनाउन ग्रीक शब्दहरु जस्तै अल्फा, गामा, बीटा गामा को उपयोग गर्न सिफारिश गरेको छ, ताकि आम जनताले पनि उनीहरूको बारे जान्नेछन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot