काठमाडौं, १९ जेठ । जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । ललितपुरमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका–३ मोतिचौर बस्ने सप्तरी सोम्भुनाथ नगरपालिका–२ घर भएका २० वर्षीय राम आशिस सदालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
गोदावरी नगरपालिका–३ मोतिचौरको निर्माणाधिन होटेल भवनभित्र सदाले आइतबार साँझ ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।