Logo

कोरोनाको तेस्रो लहर दोस्रो जत्तिकै खतरनाक हुने



एजेन्सी, १९ जेठ । कोरोना भाइरसको तेस्रो लहर दोस्रो जत्तिकै खतरनाक हुनसक्ने अनुसन्धानले देखाएको छ । विश्वभरको अभ्यासलाई उल्लेख गरेर तेस्रो लहर खतरनाक हुनसक्ने अनुसन्धानले देखाएको हो ।

भारतको स्टेट बैंक अफ इन्डियाको रिपोर्ट उल्लेख गर्दै टाइम्स अफ इन्डियाले कोरोनाको तेस्रो लहर दोस्रो जस्तै भयावह हुनसक्ने भनेको छ । दोस्रो लहर जस्तै ९८ दिनमा अन्त हुने तर कम व्यक्तिको मृत्यु हुने अनुसन्धानको आँकलन छ ।

अग्रिम तयारीका कारण कम व्यक्तिको मृत्यु हुने रिपोर्टमा भनिएको छ । सरदर धेरै देशहरुमा दोस्रो लहर १०८ दिन रहेको र तेस्रो लहर ९८ दिन रहने रिपोर्टमा उल्लेख छ ।

भारतमा तेस्रो लहरको चर्चा चलिरहँदा रिपोर्ट सार्वजनिक भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot