Logo

एनएलजी इन्स्योरेन्सले गर्यो १० प्रतिशत लाभांश घोषणा



काठमाडौं, १९ जेठ । एनएलजी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको जेठ १७ गते सञ्चालक समितिको भर्चुअल बैठकले १० प्रतिशत बोनस लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

संस्थाले कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७६÷०७७ को नाफाबाट १० प्रतिशत बोनस सेयर तथा ०.५२६३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने घोषणा गरेको जनाएको छ । सेयरधनीहरुले उक्त लाभांश बीमा समितिको स्वीकृति तथा संस्थाको साधारण सभाले पारित गरेपछि मात्र पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot