काठमाडौं, १९ जेठ । नेकपा एमाले स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आज अपरान्ह ४ बजे बस्ने तय भएको बैठक स्थगित गरिएको जनाइएको छ ।
आजको बैठकले एमालेलाई फुटबाट जोगाउन महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको थियो । तर, विवाद समाधानको कुरा अझै नमिलेपछि बैठक स्थगित गरिएको बुझिएको छ ।