Logo

कोरोना भाइरस चीनबाट आएको कि बनाइएको ?



एजेन्सी, १९ जेठ । सन् २०१९ को अन्त्य देखि नै विश्वलाई अक्रान्त बनाएको कोरोना भाइरस (कोभिड–१९) को उत्पत्ति रहस्यमय नै देखिन्छ । यसको उत्पत्ति बारे विभिन्न अनुसन्धानकर्ता देखि गुप्तचर विभागहरु निरन्तर आफ्नो तर्फबाट खोजी गरिरहेका छन् ।

अमेरिकामा जो बाइडेन सरकारले यसको उत्पत्ति बारे छानबिन गर्न २६ मेमा ९० दिन भित्र पत्ता लगाउन निर्देशन दिएको छ । छानवीन अन्तरगत अमेरिकी गुप्तचर विभागले ‘वुहान ल्याब लिक थियोरी’लाई ट्रम्प प्रशासनले जातीय आधारमा हल्ला फैलाएको समेत बताएको उल्लेख गरिएको छ ।

भाइरसको छानविन हुँदै गरेको अवस्थामा ट्रम्प प्रशासनको सत्ता गएको थियो । त्यसबेला छानबिन गरिएको विषयलाई विभिन्न स्तरबाट देखिएको थियो । अमेरिकी गुप्तचर विभागले छानबिनको क्रममा तीनवटा तथ्यहरुलाई प्रकाश पारेका थिए ।

पहिलोः कोरोना भाइरसको पहिलो केस ८ २०१९ भन्दा पहिला नै वुहान इन्सटीच्युट अफ भाइरोलोजीका अनुसन्धानकर्ताहरुमा कोभिड–१९ को लक्षण देखिएको साथै मौसम परिवर्तनका कारण समेत ज्वोरो आएको देखिएको बताइएको छ ।

दोस्रो ः वुहान इन्सटीच्युट अफ भाइरोलोजीले ‘आरएटीजी १३’ को समेत अनुसन्धान गरेको थियो । उक्त अनुसन्धान चमेरोमाथि गरिएको थियो । जुन कोरोना भाइरस सित ९६ प्रतिशत मेल खाएको उल्लेख गरिएको छ । ’आरएटीजी१३’ को उत्पत्ती चमेरो खानीमा सन् २०१३ मा देखिएको जनाइएको छ । उक्त भाइरसको कारण सन् २०१२ मा त्यहाँ काम गर्ने ६ कामदारको मृत्यु भएको जनाइएको छ ।

तेस्रोः वुहान इन्सटीच्युट अफ भाइरोलोजीले जनावर माथि अनुसन्धान गरिरहेको समेत बुझिएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको उत्पत्ती बारे छानवीन गरेको काम विफल भएपछि अमेरिकी प्रशासनले क्षेत्रीय अनुसन्धानको कामलाई ठप्प पारेका थिए । तर, अनुसन्धानलाई ठप्प पारेको कारण सरकारलाई दबाब आएपछि उक्त अनुसन्धान पुनः सुचारु गरिएको उल्लेख छ ।
त्यसपश्चात मे १४ मा १८ जना अनुसन्धान कर्ताहरुको लेखलाई जर्नल साइन्सले प्रकाशन गरेको थियो जसमा ‘महामारीको उत्पत्तीको बारेमा अधिा स्पष्टता हासिल गर्न आवश्यक र सम्भव रहेको लेखिएको छ ।’ यसलाई विभिन्न निकायले अर्थपूर्ण मानेको छ ।

त्यसपछि मे २३ र २४ मा वाल स्ट्रीट जर्नलमा दुई वटा लेख प्रकासित भएको जनाइएको छ । एउटा रिपोर्ट अनुसार स्टेट डिपार्टमेन्टको फ्याक्ट सिट भन्दा फरक रहेको र वुहान इन्सटीच्युट अफ भाइरोलोजीका अनुसन्धानकर्ताहरु २०१९ मा बिरामी परेको बारेमा प्रकाश पारिएको थियो, भने अर्को रिपोर्ट युनान कपरमा कार्यरत ६ जना कामदार विरामी भएको पुष्टि गरिएको छ ।

वाल स्ट्रीट जर्नलका अनुसार युनान कपरमा कार्यरत ६ जना कामदारलाई निमोनिया भएको थियो । विरामीको छातीमा देखिएको प्याचहरु कोरोना संक्रमित व्यक्तिमा पनि देखिएको जनाइएको छ । वुहान इन्सटीच्युट अफ भाइरोलोजीले युनान खानीमा रहेका २७६ चमेरोमा जाँच गर्दा त्यसमध्ये केहीमा कोरोना भाइरसको लक्षण देखिएको र त्यसलाई आरएबीटीकोभ–४९९१ नाम राखिएको इन्डियन इक्सप्रेसमा उल्लेख गरिएको छ । सोही प्रकारका सन् २०२० फेब्रुअरीमा नेचर पत्रिकामा प्रकाशित लेखमा आरएटीजी१३ लाई आरएबीटीकोभ–४९९१ मा ९६ प्रतिशत तुलनात्मक देखिएको र त्यसलाई सार्स–कोभ–२ नाम दिइएको थियो । जब दुवै भाइरस एउटै प्रकारको देखिएपछि वुहान इन्सटीच्युट अफ भाइरोलोजीमाथि स्वष्ट डाटाको माग गरिएको थियो । भ्याक्सिनको खोजी गर्ने क्रममा भारइरस वुहान इन्सटीच्युट अफ भाइरोलोजीद्धारा नयाँ भाइरसको निर्माण भएको बुझिएको छ । भाइरसको उत्पत्ती बारे भन्ने कुनै ठोस प्रक्रिया नभएको जनाइएको छ ।

विश्व स्वास्थ्य संगठनको १२० पेज रिपोर्ट जुन मार्थ ३० २०२१ मा प्रकाशित गरिएको थियो । भाइरस जनावरबाट मानिसमा फैलिएको जनाइएको छ । यसमा समेत कुनै प्रकारको टोस अनुसन्धान नभएको कारण उक्त विषय समेत अन्यौल मै रहेको बुझिन्छ । विश्व स्वास्थ्य संगठनको टोली चीनमा गई अनुसन्धान गरेको विषयमा अमेरिका लगायत १२३ देशले आफ्नो सही भारणा व्यक्त गर्न भनेको थियो । युरोपियन युनियनको मेम्बरहरुले यस विषयमा सही र ठोस अनुसन्धान अपरिहार्य रहेको व्यक्त गरेका थिए । बाइडेनले कोराना उत्पत्तबिारे वल्र्ड हेल्थ एसेम्ब्लीले छानवीन गर्ने भनिएको छ त्यसमा चीन बाहेक अन्य देशले विद«ोह गरेको छैन् ।

कारोना उत्पत्तिबारे चीनको खुलासा
चीनको अनुसार कोरोना भाइरस ‘हाईप’ रहेको छ । जसलाई अमेरिकाले उत्पादन गरेको जनाइएको छ । कोरोना भाइरस मेरिल्याण्डमा रहेको अमेरिकी बेस क्याम्पबाट फैलाएको उल्लेख छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाआने लिआनले अमेरिकाले महामारीलाई राजनिती र आरोपको केन्द्रको रुपमा प्रयोग गरेको बताएका छन् । उनीहरु साइन्सको समेत अपमान गरेको जनाइएको छ ।

भारतले भने अनुसन्धानलाई चीनको नाम न मुछि तीब्रता दिने विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाघ्छीले बताएका छन् । र, यसमा सम्पूर्ण अनुसन्धान कर्ताहरुलाई एकजुट हुन आग्रह समेत गरेका छन् । समपूर्ण देशका डाटालाई निश्पक्ष ढंगले अनुसन्धान गर्न आवश्यक रहेको समेत जनाइएको छ । कोरोना भाइरसको उत्पत्ति भने रहस्यमय रहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्